Business country News

दाताको मनलाग्दी : बजेट बाहिरबाटै ३६ अर्ब खर्च, ४२ अर्ब सिधै भुक्तानी

२ माघ, काठमाडौं । दातृ निकायले सरकारको बजेट प्रणाली छलेर एक वर्षमै करिब ३६ अर्ब रुपैयाँ (३५९ मिमिलयन डलर) खर्च गरेका छन् ।

२०१७/१८ मा मात्रै विभिन्न दातृ निकायले खर्च गरेको झण्डै ३६ अर्ब रुपैयाँ कहाँ कुन कार्यक्रमका लागि कसरी खर्च गरियो भन्नेमा सरकार बेखबर छ ।

खर्च गरिएको उक्त रकम नेपालले गत वर्ष पाएको १ खर्ब ६२ अर्ब (१६२२ मिलियन डलर) को २२ प्रतिशत हो । गत वर्ष १ खर्ब २६ अर्ब बराबरको वैदेशिक सहायता भने सरकारी बजेटमै समेटिएको अर्थमन्त्रालयले गत आर्थिक वर्षको विकास सहायता प्रतिवेदनले देखाएको छ ।

अर्थमन्त्रालय भने दाताले आफूखुसी कार्यक्रम बनाएर खर्च गर्ने क्रम केही घटेको छ । दातृ निकायले करिब २२ प्रतिशत वैदेशिक सहाययता मनलाग्दी खर्चनुले सरकार दाताले दिएको सहायता परिचायलनमा प्रभावकारी हुन नसकेको प्रष्ट भएको अर्थविदहरु बताउँछन् ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ), गैरसरकारी संस्था (एनजीओ), नागरिक समाज र निजी क्षेत्रमार्फत कार्यान्वयनमा ल्याइएका योजनाहरुमा यस्ता सहायता वितरण हुन्छ । विशेष गरी पहुँचवाला नेता, प्रशासक, एजीओ सञ्चालकहरुले बजेट छलेर यसरी वदैशिक सहायता परिचालन गर्ने गरिएको छ । दातृ निकायलाई मन लागेको ठाउँमा जथाभावी कार्यक्रम बनाएर यस्तो रकम खर्च हुन्छ ।

भुक्तानी पनि आफूखुसी

सरकारमार्फत दातृ निकायले सञ्चालन गरेका कार्यक्रममा पनि दाताले भुक्तानी आफ्नै ढंगले गरेका छन् । सरकारी ढुकुटीमा नल्याई सिधै कार्यक्रमहरुको भुक्तानी दिने प्रचलन बढ्दो छ ।

गत वर्ष प्राप्त वैदेशिक सहायतामध्ये ६६ प्रतिशत (करिब ८४ अर्ब) मात्र राष्ट्रिय बजेट प्रणालीबाट खर्च भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । अर्थात् यो रकम वैदेशिक सहायताको कार्यक्रम सञ्चालन गरेबापत सरकारले राष्ट्रिय ढुकुटीबाटै भुक्तानी दिएको छ ।

तर, ३४ प्रतिशत (४२ अर्ब) खर्च भने सरकारको केन्द्रीय भुक्तानी प्रणालीभन्दा बाहिरबाट भुक्तनी भएको छ । यो भन्दा अघिल्लो वर्ष राष्ट्रय ढुकुटीमा नै नआई ३५ अर्ब बराबरको रकम खर्च भएको थियो ।

अर्थमन्त्री युवराज खतिवडालाई यो वर्ष वैदेशिक सहायता राष्ट्रिय प्रणालीभन्दा बाहिर जान रोक्न ठूलो चुनौती छ ।

ऋण सहायता बढ्यो

विकास सहायता प्रतिवेदनअनुसार गत आर्थिक वर्ष ०७४÷७५ मा बहुपक्षीय र द्विपक्षीय दातृ निकायबाट १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त भएको थियो । यो अघिल्लो आर्थिक वर्षभन्दा १६ प्रतिशत बढी हो । आर्थिक वर्ष ०७३/७४ मा यस्तो सहायता १ अर्ब ३९ करोड ४६ थियो ।

कुल सहायतामध्ये ५० दशमलब ५ प्रतिशत ऋण, ३५ दशमलब १ प्रतिशत अनुदान सहायता र १४ दशमलब ४ प्रतिशत प्राविधिक सहायता रहेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा ऋण सहायता बढेको छ भने प्राविधिक सहायतामा कमी आएको छ । नेपाललाई आर्थिक सहायता गर्नेमध्ये बहुपक्षीयतर्फ विश्व बैंक र द्विपक्षीयतर्फ संयुक्त राज्य अमेरिका सबैभन्दा ठूला साझेदार हुन् ।

यस अवधिमा बहुपक्षीय साझेदारतर्फ विश्व बैंकका तर्फबाट सबभन्दा धेरै ५३ करोड ३५ लाख अमेरिकी डलर सहायता प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै एशियाली विकास बैंकको तर्फबाट २९ करोड १७ लाख, युरोपेली युनियनबाट ११ करोड ७८ लाख, संयुक्त राष्ट्र संघ समूह ६ करोड ५६ लाख र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको १ करोड ५८ लाख अमेरिकी डलर प्राप्त भएको छ ।

सहयोग गर्नेमा को छन् अघि ?

बहुपक्षीय विकास साझेदारहरुको सहयोग द्विपक्षीय साझेदारहरुको भन्दा बढी छ । परिचालित कूल सहयोगमध्ये बहुपक्षीय विकास साझेदारको योगदान ६४ प्रतिशत र द्विपक्षीय विकास साझेदारको योगदान ३६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

द्विपक्षीय विकास साझेदारमध्ये सबभन्दा धेरै बेलायत (१२ करोड ३९ लाख अमेरिकी डलर) रहेको छ । त्यसपछि क्रमशः अमेरिका, जापान, चीन र भारत रहेका छन् ।

सबभन्दा धेरै सहयोग प्रदान गर्ने पाँच बहुपक्षीय विकास साझेदारले कूल सहयोगको ६३ प्रतिशत र पाँच ठूला द्विपक्षीय विकास साझेदारले २९ प्रतिशत गरी कूल ९२ प्रतिशत योगदान गरेका छन् ।
यस अवधिमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुबाट परिचालन हुने सहायता भने घटेको मन्त्रालयले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत आर्थिक वर्ष ०७३/७५ मा १८ करोड ६५ लाख ३० हजार अमेरिकी डलर सहायता परिचालन भएकोमा ०७४÷७५ मा ११ करोड ३ लाख डलरमा सिमित रह्यो ।

यस्तै भूकम्पपछिको पुनर्निर्माणमा विकास साझेदारले प्रतिबद्धता जनाएको सहायता रकममध्ये २३ प्रतिशत मात्रै प्राप्त भएको छ । ४ अर्ब १० लाख ९५ लाख अमेरिकी डलरमध्ये गत फागुनसम्ममा ८८ प्रतिशत अर्थात ३ अर्ब ६२ करोड ९२ लाख बराबरको सहयोगको मात्रै सम्झौता भएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

You may also like

country

एनसेलबाट ७१ अर्ब रुपैयाँ असुल्न सर्बोच्च द्वारा परमादेश जारी

काठमाडौं -माघ २४, सर्वोच्च अदालतले एनसेल बिक्रीबापतको लाभकर एनसेल र एक्जियटाबाट उठाउन परमादेश जारी गरेको छ। प्रधानन्यायधीश चोलेन्द्र समशेर जबरा सहितको पूर्ण इजलाशले एनसेल बिक्रीको पूँजीगत लाभकर उठाउन एनसेल र एक्जियटाको नाममा परमादेश दिएको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहीत न्यायाधीशहरु मीरा खडका, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तान सहितको पुर्ण इजलासले उक्त आदेश जारी भएको हो । प्रधानन्यायाधीश राणा नेतृत्वको पूर्ण इजलासमा निरन्तर चार दिनको बहसपछि उक्त फैसला आएको हो। यससंगै ३ बर्षदेखिको एनसेल कर बिबादको अन्त्य भएको छ।
प्रधानन्यायाधीशमा राणाको नियुक्तिपछि यो मुद्दालाई उनले प्राथमिकता दिएका थिए। तीन वर्षअघि टेलियासोनेराले बेचेको एनसेलमा लाग्ने करका विषयमा लामो बिबाद भैरहेको थियो। यस प्रकरणमा हालसम्म तिर्नु पर्ने कर ब्याज सहित ७१ अर्ब पुगेको छ ।
अदालतले यस प्रकरणमा जोडिएका अन्य रिट निवेदन खारेज गरेको छ । सर्वोच्चले द्वारिकानाथ ढुंगेलसहितले दिएको निवेदनमा मात्र रिट जारी गर्दै अर्का रिट निवेदक भावेश गौतमको रिट निवेदनसमेत खारेज गरेको हो ।

स्वीडेनको टेलिया सोनेरा कम्पनीले २०७२ पुस ९ गते…

0 0 vote
Article Rating
Read More
international

ट्रम्पले दुई वर्षमा ८,१५८ पटक बोले झुठ ==========================

एजेन्सी, वासिंगटन । संसारकै सबैभन्दा शक्तिशाली नेताहरुको चर्चा हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम अगाडि नै आउँछ । तर, यतिबेला संसारकै शक्तिशाली राष्ट्रपतिका रुपमा लिइने अमेरिकी राष्ट्रपतिको नाम फरक रुपमा चर्चामा आएको छ । ट्रम्पमाथि सधैं जिद्दी भएको आरोप लाग्ने गरेको छ । यसपटक भने उनलाई लागेको आरोपले तपाई पनि चकित पर्नुहुन्छ । एक मिडिया रिपोर्टअनुसार संसारमै सबैभन्दा बढी झुठ बोल्ने र अमेरिकी जनतासँग सबैभन्दा बढी झुठो बाचा गर्ने गरेको आरोप लागेको छ । सो रिपोर्टमा आफ्नो कार्यकालमा ८ हजार १५८ पटक झुठ बोलेर मानिसहरुलाई गुमराहमा राखेको दाबी गरिएको छ । यो रिपोर्ट आइतबार डोनाल्ड ट्रम्प राष्ट्रपति भएको दुई वर्ष पूरा भएको अवसरमा बाहिर आएको हो । वासिंगटन पोस्टका अनुसार यो रिपोर्टमा राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालको पहिलो वर्ष हरेक दिन औसतमा ६ पटक झुठ बोले र गुमराहमा पारेका थिए भने दोस्रो वर्ष उनले हरेक दिन तीन गुणा वृद्धि गरेर दैनिक १७ पटक झुठ बोलेको दाबी गरिएको छ । समाचार…

0 0 vote
Article Rating
Read More
culture

आजदेखी स्वस्थानी ब्रत सुरु

माघ ७ २०७५,काठमाडौं
प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्रीस्वस्थानी व्रत आजदेखि शुरु हुँदैछ । आज देखी एक महिनासम्म श्री स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ। यसै अवसरमा एक महिना साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ। 

0 0 vote
Article Rating
Read More
local level

महानगरबासीलाई स्मार्ट ट्वाईलेट

माघ,६ २०७५,
काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीको संयोजकत्वमा बसेको “अधिकार सम्पन्न स्मार्ट ट्वाइलेट निर्माण तथा सञ्चालन समिति”ले कार्यदल गठन गरेको हो । यीमध्ये महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलको संयोजकत्व गठित कार्यदलले स्मार्ट सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन गर्नका लागि कार्यविधि तयार गर्नेछ भने सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख ध्रुबकुमार काफ्लेको संयोजकत्वमा गठित समितिले शौचालय निर्माणका लागि स्थान पहिचान गर्ने र स्थान अनुसारको डिजाइन प्रस्ताव गर्नेछ । नगर कार्यपालिकाको २८ औं बैठकले उपप्रमुख श्रेष्ठ खड्गीको संयोजकत्वमा प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल र वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन सदस्य रहेको अधिकार सम्पन्न समिति गठन गरेको छ । यस समितिमा आवश्यकता अनुसार सम्बन्धित क्षेत्रका कर्मचारीलाई परिचालन गर्न सक्ने अधिकार दिइएको छ भने स्मार्ट सार्वजनिक शौचालय बनाउन उपयुक्त ठाउँको पहिचान गर्ने, स्थान अनुसारको डिजाइन एकिन गर्ने, प्रस्तावहरुको विश्लेषण गर्ने र उपयुक्त स्थान र डिजाइनमा तयार भएको प्रस्ताबबमोजिम निर्माण तथा सञ्चालन गर्न निर्णय गराउने समितिलाई जिम्मेवारी…

0 0 vote
Article Rating
Read More
country

उभिदै काष्ठमण्डप

माघ ६, २०७५
मरु सत: अर्थात् काष्ठमण्डप पुनर्निर्माणका लागि आवश्यक सबैभन्दा महत्वपूर्ण ‘प्यंग थां’ (चारवटा मूल पिल्लर) आईपुगेलगत्तै काष्ठमण्डप निर्माण सम्बन्धि अन्यौल पनि कम हुदै गएको छ ।
केहि महिनायता काष्ठमण्डप पुनर्निर्माणको कामले गति लिइरहेको छ। पुनर्निर्माणका लागि मुख्य काठहरु आईपुगेपछि अब चाहि बन्ने भयो ‘काष्ठमण्डप’भन्न थालिएको छ । २०७२ साल वैसाख १२ गते गएको महाभूकम्पमा परी सातौं शताब्दीमा निर्मित काठमाडौंको पहिचान काष्ठमण्डप ढल्यो। पुननिर्माणमा राजनीति पनि धेरै भए । पुनर्निर्माण प्रकिया थालनी नभएको भन्दै सरकार र काठमाडौं महानगरपालिकाको आलोचना समेत भयो। स्थानीय समुदायले ठेक्काबाट नभई जनसहभागितामा अमानतमा काष्ठमण्डप पुनर्निर्माण हुनुपर्छ भनेर माग राखे। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काष्ठमण्डपको पुनर्निर्माणको जिम्मेवारी काठमाडौं महानगरपालिका दिए पछि, महानगरपालिकाले सोहि क्षेत्रका प्रदेश सभा सदस्य माननीय राजेश शाक्यको अध्यक्षतामा पुननिर्माण समिति गठन गरे लगत्तै काष्ठमण्डप पुनर्निर्माणका पुरातत्व विभागले काष्ठमण्डपको नक्सा स्वीकृत गर्‍यो । आगामी असार सम्ममा पहिलो तल्ला निर्माण गरिसक्ने लक्षय लिएको समितिका अध्यक्ष शाक्यले बताउनु भयो । यसै सन्दर्भमा का.म.पा. प्रमुख विद्यासुन्दर शाक्यले…

0 0 vote
Article Rating
Read More
country

भगवान रामचन्द्रको नयाँ डोलि बन्दै

प्रदेश २ को राजधानी जनकपुर स्थित राम मन्दिरमा अबस्थित भगवान श्री रामचन्द्रको नयाँ डोलि बन्ने भएको छ । गूठी संस्थान जनकपुर कार्यालय प्रमुख मनोज शर्माका अनुसार प्रत्येक बर्ष बिबाह पन्चमीका दिन रामजानकी बिबाहका लागी प्रयोग हुदै आएको डोलि जिर्ण र पुरानो भएकोले अर्को बर्षको बिबाहका लागी तयार गरिने बताउनु भयो । यस्का लागी दाताहरुले आबश्यक सबै चादी उपलब्ध गराउने बचन प्राप्त भएको र छिटोभन्दा छिटो नेपालमै अथवा भारतको उत्तर प्रदेशमा उक्त डोलि निर्माण गरिने बताउनु भयो ।

0 0 vote
Article Rating
Read More