एजेन्सी, वासिंगटन । संसारकै सबैभन्दा शक्तिशाली नेताहरुको चर्चा हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम अगाडि नै आउँछ । तर, यतिबेला संसारकै शक्तिशाली राष्ट्रपतिका रुपमा लिइने अमेरिकी राष्ट्रपतिको नाम फरक रुपमा चर्चामा आएको छ । ट्रम्पमाथि सधैं जिद्दी भएको आरोप लाग्ने गरेको छ । यसपटक भने उनलाई लागेको आरोपले तपाई पनि चकित पर्नुहुन्छ । एक मिडिया रिपोर्टअनुसार संसारमै सबैभन्दा बढी झुठ बोल्ने र अमेरिकी जनतासँग सबैभन्दा बढी झुठो बाचा गर्ने गरेको आरोप लागेको छ । सो रिपोर्टमा आफ्नो कार्यकालमा ८ हजार १५८ पटक झुठ बोलेर मानिसहरुलाई गुमराहमा राखेको दाबी गरिएको छ । यो रिपोर्ट आइतबार डोनाल्ड ट्रम्प राष्ट्रपति भएको दुई वर्ष पूरा भएको अवसरमा बाहिर आएको हो । वासिंगटन पोस्टका अनुसार यो रिपोर्टमा राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालको पहिलो वर्ष हरेक दिन औसतमा ६ पटक झुठ बोले र गुमराहमा पारेका थिए भने दोस्रो वर्ष उनले हरेक दिन तीन गुणा वृद्धि गरेर दैनिक १७ पटक झुठ बोलेको दाबी गरिएको छ । समाचार पत्रले आफ्नो रिपोर्टमा ‘फ्याक्ट चेकर’ को तथ्यांकको हवाला दिएको छ । यो फ्याक्ट चेकरले राष्ट्रपतिले दिएको संदिग्ध बयानको विश्लेषण, वर्गीकरण र पत्ता लगाउने कार्य गर्दछ । फ्याक्ट चकरको आंकडाअनुसार ट्रम्प राष्ट्रपति बनेदेखि हालसम्म ८ हजार १५८ वर्ष झुठो बोलेका हुन् । अखबारमा यसमा राष्ट्रपतिको दोस्रो वर्ष गरिएका यस्ता ६ हजारभन्दा बढी आश्चर्यजनक दाबी सामेल गरिएको छ । रिपोर्टमा उनले सबैभन्दा बढी झुठ आप्रवासनबारे बोलेको उल्लेख गरिएको छ । यस सम्बन्धमा उनले अहिलेसम्म १ हजार ४३३ पटक झुठो दाबी गरेका छन् । जसमा पछिल्लो तीन सातामा उनले बोलेका ३ सय दाबी पनि सामेल छन् । रिपोर्टमा राष्ट्रपति ट्रम्पले विदेश नीतिलाई लिएर ९ सय पटक, व्यापारबारे ८५४ पटक, अर्थव्यवस्थाबारे ७९०, रोजगारीका कारण ७५५ पटक बोलेका छन् । यसका साथै उनले अन्य विषयमा ८ सय ९९ पटक यस्ता झुठा दाबी गरेका छन् । ट्रम्पले आफ्नो कार्यकालको ८२ दिन अर्थात ११ प्रतिशत समयमा यस्ता कुनै दाबी गरेनन् । जुन समयमा उनी गल्फ खेल्न व्यस्त भएका छन् ।

